top of page

Reading Ex-British Gurkha Association (REBGA)

रेडिङ् भुतपूर्व ब्रिटिश गोर्खा संगठनको

(बिधान 2006)

 

प्रस्तवना

करिब २०० बर्ष देखि गोर्खाहरुले बेलायती सेनामा सेवा गर्ने क्रमसँगै बर्तमानमा बेलायतको रेडिङगमा बसोबास गर्ने सम्पूर्ण गोर्खा र परिवारहरुलाई एउटै सामाजिक संस्थामा आबद्द गर्दै बेलायती जनता र बिभिन्न सामाजिक संघ संस्थाहरु सँग आपसी सहयोग, सदभाब र सहकार्य गरी सम्पूर्ण गोर्खाहरु र बेलायती जनताका साथै अन्य समाज बिचको सम्बन्धलाई उच्च र समधुर बनाउदै मुख्यत बेलायतको रेडिङ्गमा बसोबास गर्ने गोर्खा र परिवारहरु बिचमा स्वच्छ र समधुर सम्बन्ध कायाम गर्ने साथै कुनै प्रकारका दुख्ख र समस्याहरु आई परेमा संस्था मार्फत सहयोग र समाधान गर्ने अभिप्राय सहित एक गैर राजनीतिक, गैर ब्यबसायिक, बिशुद्द सामाजिक संस्थाको स्थापना गर्ने उदेश्यले भुतपूर्व  गोर्खाहरुको साझा संगठन "रेडिङ्ग भुतपूर्व ब्रिटिश गोर्खा संगठन" गठन गरी ब्यबस्थित गर्नको लागि यो बिधान निर्माण गरी लागु गरिएको छ ।     

 

परिच्छेद - १

बिधानको नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ :

(क) संस्थाको नाम " रेडिङ्ग भुतपूर्व ब्रिटिश गोर्खा संगठन " तथा अंग्रेजीमा "READING EX-BRITISH GURKHA ASSOCIATION" छोटकरीमा (REBGA) हुनेछ । यो बिधानको नाम “रेडिङ्ग भुतपूर्व ब्रिटिश गोर्खा संगठन" २००६ रहनेछ ।

(ख) यो बिधान अधिबेशन बाट पारित भएपछि लागू हुनेछ ।  

 

२. कार्यालय :

संस्थाको कार्यालय कार्यक्षेत्रको अनुकूल हुनेगरी रेडिङ्गको जुनसूकै ठाउमा राख्न्न सकिनेछ ।

३. परिभाषा :

विषय वा प्रसङले अर्को अर्थ नलागेमा यो विधानमा :

(क) " विधान " भन्नाले रेडिङ्ग भुतपूर्ब ब्रिटिश गोर्खा संगठनको विधान २००६  लाई जनाउँदछ।

(ख) "संस्था" भन्नाले रेडिङ्ग भुतपूर्ब ब्रिटिश गोर्खा संगठनलाई जनाउँदछ ।

(ग) "धारा" भन्नाले यो विधानको धारालाई जनाउँदछ ।

(घ) "रेडिङ्ग भुतपूर्ब ब्रिटिश गोर्खा" भन्नाले वेलायती सेना बाट अवकास प्राप्त ब्यक्ति जो रेडिङ्गमा बसोबास गर्नेलाई जनाउँदछ ।

(ङ) "कार्य समिति" भन्नाले रेडिङ्ग भुतपूर्ब ब्रिटिश गोर्खा संगठनको कार्यकारिणी समितिलाई  जनाउँदछ ।

(च) "सदस्य" भन्नाले यस विधान अन्तर्गत बिभिन्न किसिमको सदस्यता प्राप्त ब्यक्तिहरुलाई जनाउँदछ ।    

(छ) "संयोजक" भन्नाले यस विधान अन्तर्गत गठन गरिने उपसमिति, विभाग तथा अन्य अस्थाई तथा स्थाई प्रकृतिका समिति, कार्यदल आदिका प्रमुखलाई जनाउँदछ ।   

(ज) "निर्वाचन" भन्नाले यस विधान अन्तर्गत गठन हुने कार्यसमितिको निर्वाचनलाई जनाउँदछ ।

(झ) "नियम / विनियम" भन्नाले यस विधान अन्तर्गत बनेका नियम विनियमहरुलाई जनाउँदछ।

(ञ) "अधिवेशन र सम्मेलन" भन्नाले यस विधान अन्तर्गत संस्थाको सभा अधिवेशन र सम्मेलनलाई जनाउँदछ 

(ट) "विभाग " भन्नाले यस विधान अन्तर्गत गठन गरिने विभागहरुलाई जनाउँदछ ।

(ठ) "अधिकार प्रत्यायोजित ब्यक्ति" भन्नाले विधान बमोजिम कार्यकारिणी समितिले कुनै कामको लागि अधिकार दिई खटाएको ब्यक्ति वा प्रतिनिधिलाई जनाउँदछ ।

(ड) "संस्थाका परिवार" भन्नाले श्रीमती र अविवाहित छोराछोरिहरु समेतलाई जनाउँदछ ।

(ढ) "सकृय साधारण सदस्य" भन्नाले यस संस्थाको सम्पूर्ण नियम पूर्वक कार्यन्वयन गर्नेलाई जनाउँदछ ।

 

४. छाप, झण्डा र शपथग्रहण :

(क) संस्थाको छाप अनुसूची १ मा उल्लेख भए बमोजिम लोगो अंकित भएको हुनेछ ।

(ख) संस्थाको झण्डा अनुसूची २ बमोजिम हुनेछ ।

(ग) संस्थाको शपथग्रहणको नमूना आनुसूची ३ बमोजिम हुनेछ

 

परिच्छेद - २

उदेश्य

५. संस्थाको उदेश्य:

प्रचलित राष्ट्रिय तथा अन्तराष्ट्रिय एेन, कानून तथा सन्धि सम्झौताको अधिनमा रही सम्बन्धित निकाय सँग समन्वय राखी कार्य गर्ने गराउने गरी यस संस्थाको उदेश्य देहाय बमोजिमको हुनेछ :

 

(क) बेलायतको रेडिङ्गमा बसोबास गर्ने कुनै पनि भुतपूर्ब गोर्खा वा परिवारमा पर्न गएको दुख्ख र समस्याहरुको पहिचान गरि सहयोग र समाधान गर्ने ।

(ख) सम्पूर्ण गोर्खाहरु र परिवारहरु बिचमा आपसी एकता र सदभाब कायम गर्ने ।

(ग) बेलायती जनता र बिभिन्न सामाजिक संध / संस्थाहरु सँग आपसी सहयोग, सदभाब र सहकार्य गर्ने 

(घ) बिभिन्न च्यारेटी कार्यक्रमहरुमा सहभागीता जनाउने र सो कार्यक्रमको आयोजना गर्ने ।      

(ङ) संस्था सँग आबद्द कुनै पनि सदस्यको मृत्‍यु भएमा अनिवार्य रुपमा संस्थाका प्रत्येक सदस्यहरु बाट £१० (दश पाउण्ड) संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने ।

(च) संस्थाका सदस्य सँग आस्श्रित कुनै पनि सदस्यको मृत्‍यु भएमा कार्यसमितिले छलफल गरि आर्थिक संकलनको निर्णय गर्ने ।

(ज) संस्थाका सदस्यहरुमा कुनै पनि आपतकालिन समस्या परेमा वा दु:खद घटना भएमा तत्काल राहतका लागि £१,००० (एक हजार पाउण्ड) संस्थाका तर्फ बाट अध्यक्षको तजविजले पीडित परिवारलाई दिन सक्ने छ ।

         

परिच्छेद – ३

सदस्यता सम्बन्धी ब्यबस्था

६. सदस्यताको योग्यता :

(क) संस्थाको विधान स्वीकार गर्ने रेडिङ्गबासी संम्पूर्ण भुतपूर्व गोर्खा सैनिक, तिनका श्रीमती र अविवाहित छोराछोरीहरु मध्ये जोसुकैले सदस्यता प्राप्त गर्न सक्नेछन ।

(ख) वेलायतको रेडिङ्गमा बसोबास गर्ने भुतपूर्व गोर्खा सैनिक बाहेक अन्य ब्यक्तिहरु बाट संस्थाको सदस्यको लागि निवेदन पर्न आएमा संस्थाको साधारण सभाले पारित गरेमा सो ब्यक्ति सदस्य बन्न सक्नेछन तर त्येस्ता  सदस्यहरुले निर्वाचनमा भाग लिन पाउने छैनन ।

(ग) विवाहित छोराछोरीले संस्थाको छुट्टै सदस्यता लिनु पर्नेछ । सदस्यता नभएको ब्यक्ति संस्थाको सम्पूर्ण सुविधा बाट बन्चित हुनेछ ।  

 

७. सदस्यताको प्रकार :

संस्थाबाट निम्न बमोजिम सदस्यता प्रदान गरिने छ :

(क) साधारण सदस्यता

संस्थाको उदेश्य मान्ने भुतपूर्व गोर्खा सैनिक र परिवारहरुलाई तोकिए बमोजिम कार्यसमितिले संस्थाको साधारण सदस्यता प्रदान गर्ने छ ।

(ख) आजीवन सदस्यता

संस्थाको हितलाई ध्यानमा राखेर विधानको उदेश्य मान्ने कुनैपनि भुतपूर्व सैनिक र परिवारलाई तोकिए बमोजिम कार्यसमितिले संस्थाको आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।

(ग) संरक्षक सदस्यता

संस्थाको हितलाई ध्यानमा राखेर विधानको उदेश्य मान्ने र संस्थालाई कुनैपनि अवस्थामा संरक्षत्व प्रदान गर्न तयार रहने, भुतपूर्व गोर्खा र परिवारलाई तोकिए बमोजिम कार्यसमितिले संरक्षक सदस्यता प्रदान गर्न सक्नेछ ।

(घ) मानार्थ सदस्यता

संस्थाको हितलाई ध्यानमा राखेर गोर्खाली सम्बन्धी कुनैपनि क्षेत्रमा योगदान पु-याई रहेको वा पु-याउन सक्ने कुनैपनि गैर गोर्खा समेतलाई तोकिए बमोजिम कार्यसमितिले संस्थाको मानार्थ सदस्यता प्रदन गर्न सक्नेछ ।

 

८. सदस्याता तथा लेभी शुल्क :

सदस्यता शुल्क निम्न बमोजिम हुनेछ :

(क) साधारण सदस्यता शुल्क : ३ बर्षको लागि प्रति परिवार £ २० (विस पाउण्ड) र विधुवाको लागि £ १० (दश पाउण्ड), त्यसपछि प्रत्येक ३ बर्षमा अधिवेशन हुनु भन्दा अगाडी नविकरण गर्नुपर्ने छ ।  

(ख) आजीवन सदस्यता शुल्क : एक पटक मात्र आजीवन शुल्क बापत £50 लाग्नेछ । 

(ग) संरक्षक सदस्यता शुल्क : संरक्षक सदस्यता शुल्क बापत £ ३०० (तिन सय पाउण्ड) लाग्नेछ ।

 

९. सदस्यताको अयोग्यता :

देहाय बमोजिमको ब्यक्ति संस्थाको सदस्यताको लागि अयोग्य हुनेछन :

(क) मानसिक सन्तुलन बिग्रिएको ब्यक्ति ।

(ख) गोर्खा र गोर्खाली परम्परा, संस्कार, संस्कृति र ईतिहास प्रति घ्रिणा वा द्देष फैलाउने ब्यक्ति ।

(ग) नैतिक पातन देखिने गरी फौजदारी आभियोगमा सजाय पाएको ब्यक्ति ।

 

 

परिच्छेद – ४

१०. कार्यसमितिको गठन बिधी, वार्षिक साधारण सभा :

(क) कार्यसमिति :

बेलायत को रेडिङ्गमा बसोबास गर्ने सम्पूर्ण पूर्व-गोर्खाहरु मिलेर एक साझा संस्था "रेडिङ्ग भुतपूर्व ब्रिटिश गोर्खा संगठन" को कार्यसमिति गठन गर्नेछ । उक्त अधिवेशनद्वारा देहाय बमोजिमका  घटीमा २१ जना निर्वाचित पदाधिकारी र सदस्यहरु रहनेछन ।

 

अध्यक्ष : १

उपाध्यक्ष : १

सचिब : १

सह सचिब : १

कोषाध्यक्ष : १

सह कोषाध्यक्ष : १

सदस्यहरु : १५

 

(ख) विभाग :

कार्यसमितिको मातहतमा देहाय बमोजिमको बिभागहरु रहनेछन ।

१, आर्थिक विभाग

२, जनसंम्पर्क तथा प्रचार प्रसार विभाग

३, खेलकुद तथा मनोरन्जन विभाग

४, युवा विभाग

५, महिला विभाग

 

स्पष्टिकरण : आर्थिक विभागमा कोषाध्यक्ष पदेन संयोजक र अन्य विभागमा कार्यसमितिका कुनै एक सदस्यको संयोजकत्वमा बढीमा ५ सदस्यीय उपसमिति मनोनयनद्वारा गठन गरिनेछ ।

 

११. वार्षिक साधारण सभा :

धारा-१० बमोजिम गठन भएको कार्यसमितिले प्रत्येक बर्षमा एक पटक वार्षिक साधारण सभाको आयोजना गर्नेछ । यसरी आयोजना गरिएको सभाद्वारा कार्यसमितिले बर्ष भरीमा सम्पन्न गरेको कामको समिक्षा र आर्थिक आय ब्ययको प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने छ ।  

 

परिच्छेद – ५

१२. अधिवेशन तथा सम्मेलन, प्रतिनिधिको ब्यबस्था र मताधिकार :

(क) अधिवेशन / सम्मेलन :

सामान्यतया रेडिङ्ग भुतपूर्व ब्रिटिश गोर्खा संगठनको (REBGA) विधान बमोजिम कार्यसमितिले देहाय बमोजिमको प्रत्येक ३ बर्षमा अधिवेशनको आयोजना गर्नेछ । साथै उक्त कार्यसमितिले सम्मेलनको आयोजना गरी धारा-१० बमोजिमको कार्यसमितिको गठन गर्नेछ

 

(ख) प्रतिनिधिको व्यवस्था :

सम्मेलनमा देहाय बमिजिम प्रतिनिधिहरुको व्यवस्था हुनेछ ।

१, कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु वा आयोजक समिति सदस्यहरु ।

२, बिषयगत विभागीय सदस्यहरु र सल्लाहकारहरु ।

३, साधारण सदस्य, आजीवन सदस्य र संरक्षक सदस्यहरु लगायतको व्यक्तिहरु सम्मेलनको प्रतिनिधि बन्नेछन ।

 

१३. कार्यसमितिको बैठक :

कार्यसमितिको बैठक प्रत्येक ३ महिनामा नबढाईकन एक पटक (बर्षमा ४ पटक पूर्ण बैठक) कार्यसमितिले तोकेको स्थान र समयमा बस्नेछ । तर आबश्यक भएमा आकस्मिक बैठकहरु पनि कार्यसमितिले तोकेको स्थान र समयमा बस्न सक्नेछ । गणपूरक संख्या सम्पूर्ण सदस्य संख्याको प्रत्येक पटकलाई ५१ प्रतिशतलाई मानिनेछ ।

 

१४. कार्यसमिति, सचिवालय र विभागको काम, कर्तब्य र अधिकार :

कार्यसमिति, सचिवालय, सभा र विभागको काम, कर्तब्य र अधिकार देहाय बमोजिमको हुनेछ ।

(क) कार्यालय सन्चालन गर्ने, आवश्यक कर्मचारी नियुक्त र अनुमोदन गर्ने ।

(ख) सम्मेलनद्वारा पारित प्रस्ताव र निर्णयहरु कार्यन्वयन गर्ने ।        

(ग) विधानमा उल्लेख भएका सदस्यताहरु वितरण र नविकरण गर्ने ।

(घ) सम्मेलन र सभाको आयोजना गर्ने ।

(ङ) संस्थाको उदेश्य पुरा गर्न विविध किसिमको कार्यक्रमहरुको आयोजना गर्ने ।

(च) वार्षिक कार्यक्रम बनाउने, बजेटको तर्जुमा गर्ने र लेखा परिक्षण गराउने ।

(छ) अन्य विविध संघ / संस्थाहरु र विभिन्न निकायहरु सँग सुमधुर सम्बन्ध स्थापित गरी कार्य गर्ने ।

(ज) विधान संसोधन गर्नु परेमा प्रस्ताव मस्यौदा गरी सम्मेलनमा पेश गर्ने ।

(झ) पदाधिकारी र सदस्यहरु पूर्ण बैठकमा निरन्तर ३ पटक सम्म बिना सूचना अनुपस्थिती भएमा पदबाट हटाउने, राजिनामा स्वीकृत गर्ने र रित्त स्थानको पद्पुर्ति गर्ने ।   

(ञ) आवश्यकतानुसार विभाग र उप-समितिहरु गठन गर्न र विघटन गर्न सक्नेछ ।

(ट) सल्लाहकारहरु मनोनित गर्ने ।

(ठ) अन्य तोकिएको कार्य गर्ने ।  

 

परिच्छेद – ६

१५. पदाधिकारी तथा सदस्यहरुको काम, कर्तव्य र अधिकार :

संस्थाको विधान, साधारण सभा / सम्मेलनको निर्देशान् अन्तर्गत रही कार्यसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) अध्यक्ष :

१. बैठकको अध्यक्षता गर्ने ।

२. कार्यसमितिको नियन्त्रण, निरीक्षण र परामर्श गर्ने ।

३. कार्यसमितिको बैठकमा बराबर मत भएमा निर्णयक मत दिने ।

४. कार्यसमितिलाई कृयाशिल बनाउदै समान उदेश्य भएको संघ / संस्थाहरुसँग सम्बन्ध स्थापित गर्ने ।

५. बैठकमा पेश गरिने प्रस्तावहरु तयार गर्न लगाउने, पारित प्रस्तावहरु कार्यान्वयन गराउने, नियमित र आकस्मिक बैठकहरु बोलाउन लगाउने ।

६. विभिन्न निर्णय, सम्झौताहरुमा हस्ताक्षर गर्ने ।

७. राजिनामा स्वीकृत गर्ने र आवश्यकता अनुसार अन्य कार्यक्रमहरु गर्ने ।

 

(ख) उपाध्यक्ष :

१. अध्यक्षको अनुपस्थितिमा निजको काम, कर्तव्य र अधिकार प्रयोग गरी कार्य सन्चालन गर्ने ।

२. अध्यक्षलाई सहयोग पु-याउने ।

३. साथै अन्य तोकिएको कार्यहरु गर्ने ।

 

(ग) सचिव :

१. कार्यालयको दैनिक प्रशासनिक रेखदेख तथा संस्थाको कागजातहरुको जिम्मा लिने ।          

२. संस्थाको तर्फबाट पत्र व्यवहार गर्ने र कार्यालयको कर्मचारी आफ्नो मातहतमा राखी कार्य गर्ने ।

३. वार्षिक कार्य योजना तयार गर्ने र कार्यन्वयन गर्ने, गराउने ।

४. अध्यक्षको निर्देशन अनुसार बैठक बोलाउने ।  

५. बैठकमा पेश हुने प्रस्तवहरु तयार गर्ने र पारित प्रस्ताव र निर्णयहरु कार्यान्वयन गर्ने ।

६. कार्यसमितिको तर्फबाट कार्य प्रगति प्रतिवेदन तथा प्रस्ताविक मस्यौदा पेश गर्ने ।

७. अध्यक्षसँग परामर्श लिई अन्य आबश्यक कार्यहरु गर्ने ।

 

(ग) सह-सचिव :

१. सचिवको अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारि लिई कार्य गर्ने साथै बैठकको निर्णयहरु लिपिबद्द गर्ने।

२. सचिवलाई सहयोग पु-याउने ।

३. अन्य तोकिएको कार्यहरु गर्ने ।

 

(घ) कोषाध्यक्ष :

१. संस्थाको आम्दानी, खर्चको हिसाब दुरुस्त राख्न्ने ।

२. संस्थाको चल, अचल सम्पत्तिको श्रेस्ता राख्न्ने र तिनीहरुको जिम्मा लिने ।

३. आर्थिक कोष निर्माण गर्ने र अध्यक्षको निर्देशन अनूसार कार्य गर्ने ।

४. लेखा परिक्षण गराउने र वार्षिक अनुमानित बजेट पेश गर्ने, सभा र सम्मेलनमा कार्यसमितिको तर्फ बाट आर्थिक प्रतिवेदन पेश गर्ने ।

५. अध्यक्षसँग परामर्श गरी अन्य आवश्यक कार्यहरु गर्ने ।

 

(च) सह-कोषाध्यक्ष :

१. कोषाध्यक्षको अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारि लिई कार्य गर्ने ।

२. कोषाध्यक्षलाई सहयोग पु-याउने ।

३. अन्य तोकिएको कार्यहरु गर्ने ।

 

(छ) सदस्य :

१. कार्यसमितिको बैठकहरुमा उपस्थित भई छलफल गर्ने र राय प्रस्तुत गर्ने ।

२. जिम्मेवारि दिएको कार्यहरुको सम्पादन गर्ने र संस्थाको उदेश्य प्राप्तिको लागि कृयाशील भई काम गर्न सदस्यहरुको काम, कर्तव्य र अधिकार हुनेछ । 

 

 

परिच्छेद – ७

१६. च्यारिटी कमिशनको गठन :

यो बिधानको औपचारिक मान्यता, संयुक्त अधिराज्य बेलायतको च्यारिटी कमिशन बाट दर्ता भएको च्यारिटी नं: ११४३८३९ यसको औपचारिक मान्यता रहने छ । यस कार्यसमिती लाई यस बिधान अन्तर्गत उल्लेखित नियम,बिनियमहरुले निर्देशन गर्नेछ भने अन्य औपचारिक ब्यबस्थाको लागि च्यारिटी कमिशनले गर्नेछ । च्यारिटी कमिशन निम्न अनुसार संचालन हुनेछ ।

क. सामाजिक कृयाकलापको लागि यस बिधानले निर्देशन गरे अनुसार हुनेछ भने औपचारिक मान्यताको लागि च्यारिटी कमिशनको दर्ता नं: प्रयोग हुनेछ ।

ख. यस बिधान अनुसार गठन भएको कार्यसमितीको अध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचनको लगत्तै स्वत: च्यारिटी कमिशनको बोर्ड डाइरेक्टर, सचिव र कोषाध्यक्ष रहने छ । यस बिधान अन्तर्गत ३ बर्षाका लागि पदावधी बहाल रहने छ ।

ग. यो बिधान तयार भए पछी यस अन्तर्गत दर्ता भएको च्यारिटी कमिशनले लेखा परिक्षक तथा बासलात र अन्य औपचारिक पत्राचारहरु गर्ने छ।

यस बिधान अन्तर्गतका अध्यक्ष, महासचिव र कोषाध्यक्ष च्यारिटी कमिशनको पदेन सदस्य तथा पदाधिकारी हुनेछ ।  

घ. हाल च्यारिटी कमिशनमा निम्न उल्लेखित ब्यक्तिहरु ट्रस्टिमा रहने छ ।

 

१. श्री महेन्द्र प्रसाद गुरुङ    - डाईरेक्टर

२. - सचिब

३.- कोषाध्यक्ष

४. - सदस्य

५. - सदस्य

६. - सदस्य

७. - सदस्य

 

ङ. यस च्यारिटी कमिशनको नियमित बैठकले कार्यकारीणी समितीलाई निर्देशन गर्नेछ साथै च्यारिटी कमिशनमा आवश्यकता अनुसार सदस्य तथा पदाधीकारीहरुलाई पनि निर्देशन र सल्लाह दिनेछ ।                                                  

 

परिच्छेद – ८

आर्थिक व्यवस्था :

१६. संस्थाको आर्थिक श्रोत निम्नानुसार हुनेछ :

(क) सदस्यता  शुल्क र लेभि बाट प्राप्त ।

(ख) स्थानीय प्रशासनको स्वीकृती लिई संस्थाबाट संचालित बिभिन्न कार्यक्रमहरुबाट प्राप्त हुने रकम 

(ग) अन्य व्यक्ति र दात्री निकायहरुबाट प्राप्त अनुदान सहयोग रकम ।

(घ) अन्य विविध श्रोतहरुबाट प्राप्त रकम ।

 

१७. चल, अचल सम्पत्ति :

संस्थाले चल, अचल सम्पत्ति खरिद वा अनुदान सहयोग प्राप्त गर्न सक्नेछ । जसको स्पस्ट जिन्सी खाता बनाई विवरण राखिनेछ ।

 

१८. कोष तथा संचालन :

संस्थाको नाममा बैँक तथा बित्तिय संस्थामा खाता खोली आर्थिक कारोबार गर्नेछ । अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कुनै दुई जनाको संयुक्त दस्तखतद्वारा कोष तथा बैंकिङ कारोबार संचालन गर्ने । 

 

१९. लेखा परिक्षण :

(क) संस्थाको आर्थिक आय व्ययको लेखा परिक्षण प्रत्येक आर्थिक बर्षमा मान्यता प्राप्त लेखा परिक्षकद्वारा लेखा परिक्षण गरिनेछ ।

(ख) संस्थाको आर्थिक लेखा परिक्षणको विवरण सार्वजनिक जानकारिमा ल्याईनेछ ।

 

 

परिच्छेद –  ९

 निर्वाचन सम्बन्धी व्यवस्था र विविध

२०. निर्वाचन :

(क) कार्यसमितिको पदावधि समाप्त हुनु भन्दा ३ महिना अगावै वा सम्मेलनद्वारा एक अध्यक्ष सहित बढीमा ५ सदस्यीय एक निर्वाचन मण्डल गठन गरिनेछ । उक्त निर्वाचन मण्डलले विधानको अधिनमा रही निर्वाचन सम्बन्धी सम्पुर्ण कार्य सम्पन्न गर्नेछ र यसको निर्णय अन्तिम हुनेछ ।

(ख) निर्वाचन मण्डलका अध्यक्ष र सदस्यहरुले मतदान गर्न र उम्मेदवार हुन पाउने छैनन ।

(ग) निर्वाचन मण्डलको कार्य सम्पन्न भएपछि स्वत: विघटन हुनेछ ।

(घ) सबै त्यहाँको निर्वाचन गोप्य मतदानबाट हुनेछ ।

 

२१. उम्मेदवारको योग्यता :

देहायका प्रतिनिधिहरु संस्थाको कार्यसमितिमा उम्मेदवार हुन योग्य हुने छैनन् :

(क) निर्वाचन मण्डलका अध्यक्ष र सदस्यहरु ।

(ख) धारा-९ बमोजिमका व्यक्तिहरु ।

(ग) संस्थाको सदस्यता नलिएका वा निविकरण नगरेका व्यक्तिहरु ।

 

२२. अविश्वासको प्रस्ताव :

कार्यसमितिका जुनसुकै पदाधिकारी र सदस्यहरुले संस्थाको विधान र हित विपरित कार्य गरेमा सो उपर अविश्वासको प्रस्ताव ल्याउन परेमा सभा वा सम्मेलनको कूल सदस्य संख्याको एक तिहाई सदस्यहरुको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव कार्यसमितिको अध्यक्ष समक्ष प्रस्तुत गर्नु पर्नेछ । र अध्यक्षले सो प्रस्ताव प्राप्त भएको ३ महिना भित्र सभा, सम्मेलन बोलाई सो प्रस्ताव माथि छलफल गराउनु पर्नेछ । अविश्वासको प्रस्ताव पारित गर्न सभा वा सम्मेलनमा उपस्थित सदस्य संख्याको २ तिहाई मत आवश्यक हुनेछ । अध्यक्षको बिरुद्द अविश्वासको प्रस्ताव पेश गर्नु परेमा कार्यसमितिका उपाध्यक्ष समक्ष पेश गर्नु पर्नेछ ।

 

२३. पद रित्तता :

देहायको अवस्थामा पदाधिकारी तथा सदस्यहरुको पद रित्त हुनेछ :

(क) मृत्यु भएमा ।

(ख) मानसिक सन्तुलन बिग्रेमा ।

(ग) साधारण सदस्यता नविकरण नगरेमा ।

(घ) राजिनामा स्विकृत भएमा ।

(ङ) संस्थाको हित विपरीत कार्य गरेको प्रमाणित भई कारवाही भएमा ।

(च) निज उपर अविश्वासको प्रस्ताव पारित भएमा ।

(छ) विना सूचना बैठकमा ३ पटक सम्म अनुपस्थित भएमा ।

 

२४. राजीनामा :

सबै तहका पदाधिकारी र सदस्यहरुको राजीनामा समितिका अध्यक्षले स्वीकृत गरी आगामी कार्य समितिको बैठकमा अनुमोदन गराउनु पर्नेछ । तर अध्यक्षको रजिनामाको हकमा कार्यसमितिको बैठकलाई मात्र स्वीकृत गर्ने अधिकार हुनेछ ।

 

२५. विधान संशोधन :

विधान संशोधन गर्न आबश्यक भएमा सो कुरा कार्यसमिती मार्फत साधारण सभामा पेश गरी उपस्थित सदस्यहरुको दुई तिहाई बहुमतले पारित गरेमा आधिकारीक रुपमा उक्त संशोधित विधान लागु हुनेछ ।

 

२६. नियम बनाउने अधिकार :

कार्यसमितिले आवश्यकता अनुसार विधानको भावना प्रतिकूल नहुने गरी नियम / बिनियम बनाई लागु गर्न सक्नेछ ।

 

२७. सल्लाहकार समिति :

कार्यसमितिले आवश्यकता अनुसार गोर्खा समुदायको बिकास र उत्थानमा विशेष योगदान पु-याएका वा पु-याउन सक्ने व्यक्तिहरु मध्ये एक सल्लाहकार समिति गठन गर्न सक्नेछ ।

(क) सल्लाहकार समितिको काम,कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछ ।

   १. कार्यसमितिको बैठकमा उपस्थित भई संस्थाको हितमा सल्लाह दिने ।

   २. अधिवेशन तथा सम्मेलनमा उपस्थित भई भाग लिने ।

 

२८. संस्थाको विघटन :

संस्थाको विधान बमोजिम कार्य गर्न नसकी वा अन्य कुनै कारणबाट विघटन गर्न परेमा सो कुरा समिति मार्फत संस्थाको सम्मेलन वा सभामा पेश गरी उपस्थित प्रतिनिधिहरुको दुई तिहाई बहुमतले पारित गरी संस्था विघटन गरिनेछ । यसरी संस्था विघटन भएमा संस्थाको चल, अचल सम्पत्तिको स्वामित्वो अन्यथा व्यबस्था नभए सम्म विघटित समितिका सदस्यहरुको मातहतमा रहनेछ ।

 

२९. संस्थाको हैसियत :

(क) यो संस्था एक विशुद्द सामाजिक सेवाको भावले स्थापना भएको संस्था हो । यो संस्थाले कुनै व्यक्ति, सरकारी वा गैर सरकारी संघ / संस्था उपर मुद्दा गर्न पर्ने भएमा मुद्दा गर्न र प्रतिवाद गर्न सक्नेछ ।

(ख) संस्थाको उदेश्य प्राप्तिको लागि कार्य गर्दा कुनै पदाधिकारी वा सदस्यहरु उपर मुद्दा मामिला आई परे सो को प्रतिरक्षा संस्थाद्वारा गरिनेछ ।

 

३०. निष्क्रिय :   

यस विधानमा लेखिएका कुराहरु प्रचलित कानुनसँग बाझिएको हद सम्म स्वत निष्क्रिय हुनेछ ।

 

३१. कार्यावधी :

अधिवेशनद्वारा निर्वाचित कार्यसमितिको पदावधी ३ बर्षको हुनेछ । विशेष परिस्थिति आई परेमा बैठकद्वारा दुई तिहाई बहुमतले सोही समितिले  निर्णय गरी- बढीमा थप १ बर्ष सम्मको लागि कार्य गर्न सक्नेछ ।

 

३२. व्याख्या :   

यस् विधान र नियमावलिहरुको अन्तिम व्याख्या गर्ने अधिकार यस संस्थाको कार्यसमितिलाई हुनेछ । 

 

३३. खारेजी र बचाऊ :

यो विधान लागू हुनु भन्दा अगाडीको संस्थाको अन्तरिम विधान खारेज गरिएको छ र उक्त विधान अनुसार गरिएका काम कारवाही यसै विधान अनुसार गरिएको मानिनेछ । 

 

अनुसूची – १

लोगो र छाप :

(क) लोगो र छाप दुबैमा, विच भागमा गोर्खालीको चिन्ह खुकुरी क्रस हुनेछ । क्रस खुकुरीको ठिक  माथि अंग्रेजी अक्षर REBGA र मुनी अंग्रेजीमा स्थापना मिति हुनेछ ।

(ख) लोगो र छाप दुबैमा गोलाकारमा अंग्रेजी अक्षरमा रेडिङ्ग एक्स - ब्रिटिश गोर्खा एसोसेसन (Reading Ex-British Gurkha Association) लेखिएको हुनेछ ।

 

अनुसूची – २

झण्डा :

(क) हरियो रङ्ग कपडामा गोर्खा ब्रिगेडको रङ्ग हुनेछ ।

(ख) झण्डाको सबभन्दा माथि बेलायतको राजमुकुट,विचमा खुकुरी क्रस र मुनी रेडिङ्ग भुतपूर्व ब्रिटिश गोर्खा संगठनको लोगो हुनेछ ।

 

अनुसूची – ३

शपथग्रहणको नमूना निम्नानुसारको हुनेछ

म………………यस रेडिङ्ग भुतपूर्व ब्रिटिश गोर्खा संगठनको नाममा सत्य र निष्ठा साथ सपथ लिन्छु कि, संस्थाको पदिय जिम्मेवारीको हैसियतले तोकिएको काम मेरो ज्ञान,विवेकले जाने बुझे सम्म ईमान धर्म सम्झी जाति, समुदाय र समाज प्रति बफादार रही भय, पक्षपात र द्देष नराखी तथा लोभ लालच नगरी ईमान्दारी साथ विधान, नियमावली र प्रचलित कानूनको अधिनमा रही गर्ने गराउने छु ।       

bottom of page