top of page

ब्रिटिश–गोर्खा सेनाभित्र केही अपत्यारिला तर सत्य तथ्यहरू 

१. सन् १८१६ को सुगौली सन्धिमा नेपालतर्फ दरवारका पण्डित र अङ्ग्रेजतर्फ एकजना सैन्य अधिकृत त्यो पनि उनीहरूकै सैनिक शिविरभित्र हस्ताक्षर भएको थियो । 

२. इष्ट इण्डिया र नेपालबीच १८१४–१६ को युद्धमा गोर्खा सेनाहरूले वीरतापूर्वक लडेका भन्दै सम्मान स्वरुप अङ्ग्रेजहरूले युद्धस्मारक निर्माण गरेका थिए । दुश्मनलाई सम्मान गरिएको यस्ता उदाहरण कमै पाइन्छन् । 

३. ब्रिटिश—गोर्खाहरूसँग जोडिएको असमान र आपत्तिजनक सुगौली सन्धिका ९ धारामा ब्रिटिश–गोर्खा बारेमा एक शब्द पनि उल्लेख भएको छैन । 

४. मोतिलाल सिंह सन् १८३० मा बेलायतमा खुट्टा टेक्ने पहिलो नेपाली ब्रिटिश–गोर्खा हुन् । 

५. नेपाल अङ्ग्रेज युद्धका गोर्खा फौजका सेनापति अमरसिंह थापा र अर्का वीर वलभद्र कुँवर नाम पाएका दुबै राष्ट्रिय विभूतीहरू युद्धपछि सिख सेनामा भाडाको सिपाही भएर काम गरेका थिए ।

६. जंगबहादुर राणा (१८४६–७७) सिख सेना, मथवरसिंह थापा (१८४३–४५) सिख सेना  र डा. कुँवर इन्द्रजित सिंह (केआई सिंह ई.सं. जुलाई १९५७–मे १९५८) ब्रिटिश–गोर्खा नेपालका तिनैजना प्रधानमन्त्रीहरू विदेशी सेनामा भर्ती भएका थिए । 

८. नायक तेजवीर बुढामगर ६ गोर्खा राइफल्स सन् १९२४ को हिउँदे ओलम्पिकमा पर्वतारोहणमा स्वर्ण पदक जितेका थिए । 

९. प्रथम विश्व युद्धमा एकै ठाउँमा धेरै मृत्यु गेलीपोली युद्ध मोर्चा थियो । 

१०. गोर्खा सेनाले सबैभन्दा धेरै दुःख भोगेको पहिलो विश्व युद्धको युरोपको फ्रान्स थियो ।

११. कुलवीर थापा ३ गोर्खा राइफल्स फ्रान्स, १९१५ ब्रिटिश सेनाको सर्वोच्च पद पाउने पहिलो गोर्खा सेना हुन् । 

१२. युद्ध मैदानमा भिसी प्राप्त गर्दा कर्णबहादुर राना १९ र अर्का मरणोपरान्त भिसी पाउने थमन गुरुङ भरखर २० वर्षका लक्का जवान थिए । 

१३. कान्छो राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन लिम्बू पनि दोस्रो विश्वयुद्ध ७ जिआरका लाहुरे हुन् । 

१४. राइफलमेन चोखेवा लिम्बू १० गोर्खा राइफलले ४५ वर्षसम्म ब्रिटिश सैनिकमा सेवा गरेका थिए । 

१५. विर्तासिङ गुरुङ पूर्व सोभियत संघको सर्वोच्च युद्धपदक ‘रसियन स्टार’ पाउने एकमात्र ब्रिटिश–गोर्खा हुन् । 

१६. नेपाल प्रहरीको उपल्लो पद प्रहरी महा निरीक्षक जस्तो गरिमामय पद सम्हालेका पूर्व आई.जी.पी. ज्ञानबहादुर हेम्ब्या याक्थुङ्बा, पूर्वसिंह खवास ठाकुर, पहलसिं लामा तामाङ, रोमबहादुर थापा मगर र दिलबहादुर तामाङ ‘डिबी लामा’ पाँचैजना भूतपूर्व ब्रिटिश–गोर्खाहरू थिए । 

१७. दोस्रो विश्वयुद्धमा मलेसियाको जङ्गलमा एक्लै छाडिएका नाकन गुरुङ ७ वर्षपछि मलेसियाको इमर्जेन्सीमा १० जीआरका जवानहरूले उद्धार गरेका थिए । 

१८. चर्चित भिसी तुलबहादुर पुन तीन पटकको छनोटमा असफल भई चौथोपटकको प्रयासमा मात्र सफल भएका थिए । 

१९. भिसी लालबहादुर थापालाई युद्ध मैदानमा एमसी मात्र सिफारिश गरिए पनि पछि उच्च अधिकारीहरूले भिसीमा अपग्रेड गरेका थिए । 

२०. दोस्रो विश्वयुद्धका योद्धा भानुभक्त गुरुङ भिसी औपचारिक पेन्सनविना ८६ वर्ष बाँचे ।

२२. भिसी लक्षीमन गुरुङको उचाइ कम भएका कारण पहिलोचोटि भर्ती हुने प्रयास सफल भएन र दोस्रो चोटि गल्लामा पास हँुदापनि उनको उचाई ४ फिट ११ ईन्चमात्र थियो । 

२३. गोर्खा सेना सबैभन्दा धेरै ७ जनाले बर्मामा भिसी पाएका थिए ।

२४ पहिले गल्लाहरू गाउँ पसेर लर्के केटाहरूलाई बैना पैसा छोडेर जान्थे । त्यसको ठीक विपरीत हाल भर्ती हुनका लागि उम्मेदवारका अभिभावकले, रिक्रुटिङ अधिकृत, दलालहरूलाई बीसौंलाख पैसा ख्वाउनु पर्दछ । 

२५. उहिले पहाडका युवाहरू भर्तीकेन्द्रमा कोदोको रोटीजस्तै फुटेको खुट्टा, जुम्रासरिको लट्टे कपाल, लुम्रेझाम्रे धोतीमा आउँथे, अहिलेका खल्तीमा पासपोर्ट, युनिभर्सिटीको प्रमाण–पत्र, टाईसुटमा खादा भिरेर कारमा आउँछन् । 

२६. दोस्रो विश्वयुद्धमा सबैभन्दा धेरै २० हजार गोर्खा सेनाले जापानी सेनाको गोली खाएका थिए ।

२७. दोस्रो विश्वयुद्ध अन्तसँगै ६६,२०६ गोर्खा सेनालाई जनही ४८ पाउण्ड दिएर घर पठाइयो । उता जुद्ध शमशेरले त्यही समयमा १७,५०,००० पाउण्ड उपहार प्राप्त गरे ।

२८ सबैभन्दा धेरै युद्ध गरेको विदेशी भूमि अफगानिस्तान हो । जुन सन् १८१३ आजतक जारी छ ।

२९. ब्रिटिश–गोर्खाहरू भारतपछि धेरै बसेको देश १९६२ देखि आजतक बु्रनाई हो । 

३०. सङ्ख्या मा धेरै गोर्खा सेना युद्ध सहभागी दोस्रो विश्व युद्ध वर्माको मोर्चा । 

३१. खुकुरी ब्याच नभएको एकमात्र पल्टन दोस्रो गोर्खा राइफल (शिरमोर) हो । 

३२. ७ गोर्खा राइफल्सलाई सन् १९४७ तिर ज्ञण्ज्ञकत ँष्भमि च्भनष्mभलत, च्यथब िब्चतष्ििभचथ नाममा आफ्नो परम्परागत भूमिका परिवर्तन गरिएको थियो । मलायाको जङ्गलमा आर्टेलरी गनको काम नहुने भएपछि पुनः आफ्नै पैदल रोलमा पर्काइयो ।

३३. १० गोर्खा राइफल्स नम्बरमा कान्छो भएपनि यो पल्टनको स्थापना ऐतिहासिक सम्बन्ध (पल्टन स्थापनाको ऐतिहासिक सम्बन्ध) सन् १७६६ देखि भारतीय राष्ट्रिय सेनाको विभिन्न नामबाट फेरिंदै आएको जेठो गोर्खा पल्टन हो ।

३४. सन् १९५३ नेपालको इतिहास एउटा कालो वर्ष सावित भयो । सशस्त्र विद्रोहबाट सत्तामा आएका जनतातर्फका पहिलो प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले नेपाली माटोमा अङ्ग्रेजहरूलाई प्रवेश गराई ठूलो राष्ट्रघाती काम गरे ।

३५. हङकङमा गोर्खाहरू झण्डै तीसवर्ष बसे । त्यहाँ उनीहरूका तलब गोरा सैनिकको भन्दा दशौं गुणा कम र त्यहाँका फिलिपिनी घरेलु कामदारहरूको भन्दा पाँचौं गुणा कम थियो ।

bottom of page